Techie IT
  • १९ कात्तिक २०८२, मंगलबार

गण्डकी मेडिकल कलेजबाट विद्यार्थी पक्राउ


काठमाडौं- एमबिबिएस परीक्षा बहिस्कार गरी बाहिर निस्किने क्रममा विद्यार्थीलाई प्रहरीले गण्डकी मेडिकल कलेजबाट पक्राउ गरेको छ।

कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक दानबहादुर कार्कीले केही विद्यार्थी पक्राउ परेको बताए। कलेज परिसरमा केही हुलहुज्जत गर्ने विद्यार्थीलाई पक्राउ गरिएको उनले दाबी गरे। गण्डकी मेडिकल कलेजका विद्यार्थी केहीबेर परीक्षा हलमा गएर बाहिर निस्केका थिए।

प्रहरीले पक्राउ परेका विद्यार्थीलाई डाँडाको नाक प्रहरी चौकीमा राखेको छ। विद्यार्थीले भने बिनाकारण आफूहरूलाई पक्राउ गरेको जनाएका छन्। ‘प्रश्नपत्र च्यातेर बाहिर निस्किने क्रममा प्रहरीले धरपकड गरी विद्यार्थीलाई समातेको हो,’ ।

चिकित्सा शिक्षाको एमबिबिएस पहिलो र दोस्रो वर्षमा मेडिकल कलेजले बढी उठाएको शुल्क फिर्ताको आन्दोलन जारी छ। सरकार र निजी मेडिकल कलेजले शुल्क समायोजन गर्ने भने पनि त्यसमा विद्यार्थीले सहमति जनाएका छैनन्।


क्याटेगोरी : समाचार

तपाईको कमेन्ट लेख्नुहोस्