छुट्टाछुट्टै सवारी दुर्घटनामा परी २ जनाको मृत्यु

काठमाडौं – नवलपरासी(पूर्व) र डोटीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । नवलपरासी(पूर्व), गैंडाकोट नगरपालिका २ नमस्ते चोकस्थित सडकमा ना ६ प ८०५८ नम्बरको ट्रकले ना.३१ प २६१८ नम्बरको स्कुटरलाई बिहीबार बिहान ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो ।
दुर्घटानामा परेर गम्भीर घाइते भएका स्कुटर चालक चितवन भरतपुर महानगरपालिका–१० का २६ वर्षीय बीरेन्द्र गिरीको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका स्कुटरमा सवार नवलपरासी गैंडाकोट नगरपालिका–४ बस्ने २१ वर्षीय आकाश सिंजालीको सोही अस्पतालमा उपचार भइरहेको छ । दुवै सवारी साधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै डोटीमा सवारी दुर्घटनामै परेर १ जनाको मृत्यु भएको छ । जिल्लाको जोरायल गाउँपालिका– २ बुडर जोरायलस्थित सडकमा धनगढीबाट जोरायलतर्फ जाँदै गरेको से १ च २०३९ नम्बरको जिप अनियन्त्रित भई सडकबाट अन्दाजी २ सय मिटर तल खसेर बुधबार राति दुर्घटना हुँदा गम्भीर घाइते चालक २२ वर्षीय आश्रम थापामगरको मृत्यु भएको हो । उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्