घुस लिएको आरोप लागेका दोलखाका प्रजिअ गृह मन्त्रालय तानिए

काठमाडौं – दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई दोलखाको प्रजिअबाट हटाएको छ । रिजालमाथि मेलुङ गाउँपालिका–४ भेड्पुका कुमार लामा मोक्तानले ९० हजार र कालिञ्चोक गाउँपालिका–१ का उदिम तामाङ र इन्द्रबहादुर तामाङले २१ हजार घुस लिएको आरोप लगाएका थिए ।
दोलखा प्रजिअबाट हटाइएका रिजाललाई गृह मन्त्रालय तानिएको छ । पीडितहरुले बिहिबार पत्रकार सम्मेलन गरेर रिजालले पटक–पटक घुस लिएको बताएका थिए ।
गृह मन्त्रालयका अनुसार उनले जिल्ला छोडिसकेका छन् । उनले सार्वजनिक मुद्दा लागेका दुई वटा घटनाका अभियुक्तसँग रकम लिई सार्वजनिक मुद्दा नचलाउने निर्णयसमेत गरेका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्