लागुऔषध सहित २ जना प्रहरी नियन्त्रणमा

काठमाडाैं – महानगरीय प्रहरी प्रभाग कपनले लागुऔषध सहित २ जनालाई आइतबार बुढानिलकण्ठ नगरपालिका- ११ प्युटारबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही ठाउँ बस्ने रामेछापका मन्जिल राई र बुढानिलकण्ठ नगरपालिका-११ प्युटार घर हुने बर्ष २४ को अमृत श्रेष्ठ रहेका छन् ।
उनिहरूको कोठबाट प्रहरीले लागुऔषध डाईजेपाम, नुफिन र फेनरागन गरी ६६ एम्पुल त्यसै गरी ब्राउन सुगर २ ग्राम, ट्रामाडोल १०५ ट्याब्लेट, लागुऔषधले भरिएको सिरिञ्ज थान-१, खाली सिरिञ्ज थान १, नगद १७ हजार ५ सय रूपैयाँ मोवाईल ३ थान बरामद गरेको छ ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्