Techie IT
  • २१ वैशाख २०८२, आईतबार
Sajha Hub

४४ राउण्ड गोली सहित नुवाकोटबाट दुई जना पक्राउ


नुवाकोट – नुवाकोट प्रहरीले ४४ राउण्ड गोली सहित दुई जना पक्राउ गरेको छ । बेलकोटगढी नगरपालिका-७ रातमाटा बस्ने आईतराम राई र उनको घरमा डेरा गरी बस्ने ३५ वर्षीय नारायणकाजी आलेमगरलाई म्याग्नममा लाग्ने ४४ राउण्ड गोली सहित आइतबार प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी तारुकाबाट खटिएको प्रहरीले नारायणकाजी आलेमगरको कोठा जाँच गर्ने क्रममा उक्त गोली फेला पारी दुवै जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार

तपाईको कमेन्ट लेख्नुहोस्