छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु

काठमाडौं – मकवानपुर, चितवन र सिरहाका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-३ लेवटस्थित सडकमा नम्बर नखुलेको सवारी साधनको ठक्करबाट गम्भीर घाइते भएका पदैलयात्री सोही ठाउँ बस्ने ७० वर्षीय लाल बहादुर राईको चुरेहिल अस्पतालमा उपचारको क्रममा आइतबार राति मृत्यु भएको छ । दुर्घटनामा शंकास्पद २ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
चितवन, भरतपुर महानगरपालिका-१ नारायणगढ-मुग्लिङ सडक खण्डको रामनगरस्थित जंगलमा बा.१७ च ५७५८ नम्बरको बलेरो गाडीले ना.५५ प १४२५ नम्बरको मोटरसाइकललाई आइतबार राति ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक धादिङ निलकण्ठ नगरपालिका-१० घर भएका ३५ वर्षीय यदु प्रसाद पाठकको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । बलेरो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सिरहा, गोलबजार नगरपालिका-६ गोलचौकस्थित सडकमा स.१ च ६९३ नम्बरको एम्बुलेन्स र स.६ प ८०६२ नम्बरको मोटरसाइकल आइतबार राति एक-आपसमा ठक्कर खाँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सिरहा नगरपालिका-१२ बस्ने १८ वर्षीय राकेश मण्डल र मोटरसाइकलमा सवार सिरहा नगरपालिका-१२ साक्षर बस्ने ३१ वर्षीय बिष्णु महरालाई उपचारको लागि लहानतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सिरहा नगरपालिका-१२ बस्ने २५ वर्षीय जय नारायण मण्डलको राउ अस्पताल लहानमा उपचार भइरहेको छ । फरार एम्बुलेन्स चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्