यूएनडीपीले जारी गरेको मानव विकास सूचकांकमा नेपाल १४७ औं स्थानमा

कठमाडौं – संयुक्त राष्ट्र संघिय विकास कार्यक्रम (यूएनडीपी) ले जारी गरको मानव विकास सूचकांका नेपाल १४७ औं स्थानमा परेको छ ।
१९९० देखि २०१८ सम्मका अवधिमा यो मामिलामा नेपालले औसतमा ०.५२ प्रतिशतले सुधार गरेको देखिएको छ । युएनडिपीले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार दक्षिण एसियाको सूचकमा नेपाल भारत , भुटान, र बंगलादेश भन्दा पछि परेको देखिएको छ ।
प्रतिवेदनमा कूल १८९ देशलाई समावेश गरिएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले काठमाडौंमा यो प्रतिवेदन सार्वजनिक गर्दै नेपाल अहिले दिगो विकासका लक्ष्य पुरा गर्नतर्फ अगाडि बढको जनाएका छन् ।
उनले नेपाल हाल दिगो विकास लक्ष्य ९एसडीजी० पुरा गर्नेतर्फ लागेको र सरकारले प्राविधिक शिक्षामा जोड दिएको बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्