Techie IT
  • २२ वैशाख २०८२, सोमबार
Sajha Hub

२७ वर्षदेखि फरार अभियुक्तसहित २ जना पक्राउ


रौतहट – प्रहरीले एकजना फरार अभियुक्तलाई २७ बर्षपछि पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराको टोलीले कोेल्हवी नगरपालिका ९ का सकल चौधरीका ५४ वर्षीय छोरा हरिन्द्र चौधरीलाई पक्राउ गरेको हो । चौधरीसहित थप १ जना फरार सूचिमा रहेका अभियुक्तलाई पक्राउ गरिएको बाराका प्रहरी प्रवक्ता डिएसपी रञ्जितसिंह राठौरले बताएका छन् ।

जिल्ला वन कार्यालय रौतहटको इजलासले २०४९ जेठ २६ गते खयर काठ चोरी निकासीमा चौधरीलाई दोषी ठहर गर्दै एकबर्ष कैद र करिब ६ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।

त्यस्तै काठ चोरी निकासी मुद्धामा दोषी ठहर भई बारा जिल्ला अदालतबाट २०७३ असार ९ गते १ वर्ष कैद र ५ हजार७ सय ८९ जरिवाना तोकिएपछि फरार कलैया उपमहानगरपालिका २ का चन्दर महतोका छोरा हरेराम महतो पनि पक्राउ परेका छन् । पक्राउ २ जनालाई कैद भुक्तानीको लागी वीरगञ्ज कारागार चलान गरिएको प्रहरीले जानकारी दिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको कमेन्ट लेख्नुहोस्