अखिल क्रान्तिकारीको जिल्ला सम्मेलन सम्पन्न

काठमाडौं – विप्लव नेतृत्व नेकपा निकट अखिल क्रान्तिकारी ललितपुरको २४औं जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले अग्रीमको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ । समितिको अन्य पदाधिकारीहरुमा उपाध्यक्ष निर्माण, सचिव अनुपम, सह–सचिव निश्चल तथा कोषाध्यक्षको जिम्मेवारी मिसनलाई दिइएको छ ।
अन्य सदस्यहरुको भने नाम खुलाइएको छैन । कार्यक्रममा प्रमुख अतिथि सो संगठनका महासचिव प्रकाश शाही र विशेष अतिथिकोरुपमा जनस्वास्थ्यकर्मी संघका महासचिव तथा चिकित्सा शिक्षा संघर्ष समितिका संयोजक प्रकाश चन्द उपस्थित थिए ।
कार्यक्रममा जनवर्गीय संगठन ललितपुर जिल्लाका फ्रयाक्सन इन्चार्ज प्रतिवद्ध र अखिल क्रान्तिकारीका काठमाडौं उपत्यका इन्चार्ज हर्कबहादुर बिकलेपनि मन्तव्य राखेको जनाइएको छ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्