Techie IT
  • २१ वैशाख २०८२, आईतबार
Sajha Hub

धनुषामा बम विस्फोट हुँदा २ को मृत्यु,प्रहरी निरिक्षकसहित ६ जना गम्भीर घाइते


जनकपुर – धनुषाको महेन्द्रनगरमा मध्यरातमा शक्तिशाली बम बिस्फोट हुदा २ जनाको मृत्यु भएको छ भने प्रहरी निरीक्षक सहित ६ जना गम्भीर घाइते भएका छन् । शुक्रबार मध्यराति भएको बम विस्फोटमा स्थानीय ४६ वर्षका राजेश्वर साह र उनका छोरा २४ वर्षीय आनन्द साहको घटनास्थलमै मृत्यु भएको हो ।

शुक्रबार राति १२ बजे राजेश्वरको घरको शौचालय नजिक छाडिएको बम विस्फोट भएको हो । बम हो वा होइन भनी जाँच्नका लागि इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरबाट गएको प्रहरी टोली पुग्नेबित्तिकै विस्फोट भएको हो । बिस्फोटमा प्रहरी निरीक्षक अमिर दहाल र प्रहरी जवान रिजन महतो, मृतक घरमुली राजेश्वर साहका अर्का छोरा प्रकाश र छोरी अञ्जली समेत गम्भीर घाइते भएको प्रहरी जनाएकाे छ । जनकपुर प्रादेशिक अस्पतालमा उपचार सम्भव नभएपछि उनीहरुलाई धरान लगिएको छ ।

घटनामा अन्य २ जना सामान्य घाइते भएको बताइएको छ । घरमुली साह मोटो रकम ऋण लगानी गर्ने साहु भएका कारण कसैले उनीहरुको हत्या गर्नकै लागि राखेको बम विस्फोट भएको हुन सक्ने स्थानीयको अनुमान छ । घटनाबारे प्रहरीले अनुसन्धान तीव्र पारेको छ । घटनास्थल इलाका प्रहरी कार्यालयबाट ४ सय मिटरको दूरीमा पर्छ


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्