Techie IT
  • २१ वैशाख २०८२, आईतबार
Sajha Hub

सरकारी विद्यालय शिक्षकहरुको जागिर खानेमात्र थलो होईन् :शिक्षामन्त्री पोखरेल


विराटनगर – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले सरकारी विद्यालय शिक्षकहरुको जागिर खानेमात्र थलो नभएको बताएका छन् । उनले गुणस्तरीय शिक्षा दिन नसक्नेलाई पेशा परिवर्तन गर्न सुझावसमेत दिएका छन् ।

शनिबार विहान प्रेस संगठन मोरङले विराटनगरमा गरेको पत्रकार सम्मेलनमा मन्त्री पोखरेलले भने, ‘सबै विद्यार्थीले क्वालिटीको एजुकेशन पाउनु पर्छ, त्यसको व्यवस्था सरकारले मिलाउँछ, तर शिक्षकले विद्यार्थीलाई क्वालिटीको एजुकेशन दिन सक्दैनन् भने उनीहरुले पेशा परिवर्तन गरे हुन्छ । विद्यालय जागिर खानेमात्र थलो होइन ।’

उनले शिक्षक सक्षम नभई गुणस्तरीय शिक्षा दिन नसक्ने निश्कर्षसहित सरकारले उनीहरुलाई सक्षम बनाउन कुनै पनि कसर बाँकी नराख्ने समेत बताए ।

शिक्षकलाई राज्यले सक्षम बनाउन लगानीमात्र गरेर नपुग्ने भन्दै मन्त्री पोखरेलले स्वय शिक्षकहरुले पनि आफूलाई अद्यावधिक गर्नुपर्ने समय आएको बताए । उनले सार्वजनिक शिक्षालाई पहिलो बनाउने सरकारको योजनाअनुसार १० वर्षे गुरुयोजना अघि सारिएको बताए ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्