धनुषा बम विस्फोटमा दुई महिलासहित तीन जना पक्राउ

काठमाडौं – प्रहरीले धनुषामा बम विस्फोट गराएको आशंकामा तीन जनालाई पक्राउ गरेको छ । प्रहरी निरीक्षकसहित तीन जनाको ज्यान जाने गरी भएको बम विस्फोटमा संलग्नता रहेको आशंकामा तीन जनालाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेहरूमा हंसपुर नगरपालिकाकी ललिता देवी, सीता देवी र मिथिला बिहारी नपा–१ का राम सुदित साह धानुक रहेका जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए । विप्लव नेकपाका प्रदेश २ संयोजक ५१ वर्षीया सीता देवी, केन्द्रीय सदस्य ४१ वर्षीया देवी र सुदित पक्राउ परेका हुन् ।
स्रोतकाअनुसार साहको घरमा बम झुन्ड्याउने ब्यक्ति विप्लव समुहमा आबद्ध भएका व्यक्ति संलग्न हुन सक्ने आशंका गरिएको छ ।
शुक्रबार राति धनुषाको महेन्द्रनगर बजारस्थित राजेश्वर साहको घरमा अज्ञात समूहले राखेको बम विस्फोटबाट प्रहरी निरीक्षक अमिर कुमार दाहाल, राजेश्वर साह र उनका छोरा आनन्द साहको घटनास्थलमै मृत्यु भएको थियो भने राजेश्वरकी २१ वर्षीय छोरी अञ्जली साह, १४ वर्षीय छोरा प्रेम साह, प्रहरी जवान रिजनाथ कुमार महतो गम्भीर घाइते भएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्