Techie IT
  • २२ वैशाख २०८२, सोमबार
Sajha Hub

कलाकार दीपक क्षेत्री मृत भेटिए


काठमाडौं – कलाकार दीपक क्षेत्री मृत भेटिएका छन् । क्षेत्री डिल्ली बजारस्थित आफ्नै निवासमा कोठाभित्र सुतेकै अवस्थामा मृत भेटिएको महानगरीय प्रहरी वृत्त कमल पोखरीले जानकारी दिएको छ।

मृत्युको कारण पुष्टि भएपछि उनको शवलाई टिचिङ अस्पतालमा पोस्टमार्टमको लागि पुर्‍याइएको छ। लामो समयदेखि नेपाली चलचित्रमा सक्रीय रहेका ५८ वर्षीय क्षेत्रीले दर्जनौं नेपाली फिल्ममा अभिनय गरेका छन्।

उनको अभिनय रहेको पछिल्लो चलचित्र ‘छ माया छपक्कै’ हो । यस्तै ‘सेतो सूर्य’ ‘सीमाना’, ‘राज्जा रानी’,‘झोला’ र ‘मसान’ लगायतका चलचित्रमा उनको अभिनय गरेका छ ।


क्याटेगोरी : समाचार

तपाईको कमेन्ट लेख्नुहोस्