जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

दाङ – प्रहरीले जुवातास खेलिरहेको अवस्थामा ११ जना जुवाडेलाई पक्राउ गरेको छ । तुल्सीपुर उपमहानगरपालिका-६ स्थित सोही उपमहानगरपालिका-८ बस्ने ३० वर्षीय कमल घर्ती मगरको एलेक्सि जोन पुल हाउसमा जुवातास खेलिरहेको अवस्थामा कमल घर्ती मगरसहित ११ जनालाई नगद ५८ हजार ५ सय ५० रुपैयाँ र २ बुक तास सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय तुल्सीपुरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्