Techie IT
  • २२ वैशाख २०८२, सोमबार
Sajha Hub

खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ


रोल्पा – सुनिलस्मृति गाउँपालिका-१ घोडागाउँ बस्ने १७ वर्षीय किशोरलाई धारिलो हतियार खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा रुन्टीगढी गाउँपालिका-२ बस्ने २१ वर्षीय टेकेन्द्र बिकलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

रा.४ प ५४८२ नम्बरको मोटरसाइकलमा आएका बिकर रुन्टीगढी गाउँपालिका-२ बस्ने २३ वर्षीय दिल बहादुर बुढासमेतले ती किशोरलाई खुकुरी प्रहार गर्दा घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय खुङग्रीबाट खटिएको प्रहरीले खुकुरी प्रहार गर्नेमध्ये बिकलाई पक्राउ गरेको हो ।

घाइते किशोरलाई प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौर लगिएकोमा थप उपचारको लागि बुटवल रिफर गरिएको छ । फरार दिल बहादुर बुढाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार

तपाईको कमेन्ट लेख्नुहोस्