Techie IT
  • २२ वैशाख २०८२, सोमबार
Sajha Hub

भारतमा युवतीलाई बलि चढाउन खोजेको आशंकामा सात जना पक्राउ


काठमाडौँ – झापाकी २० वर्षीया नाम परिवर्तन एन्जिलालाई नेपाल–भारतको बोर्डरमा लगेर बलि दिने योजना बनाएका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पाँच जनालाई विराटनगराट र दुई जनालाई काठमाडौँबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा दिलकुमारी बुढामगर, उमेशकुमार माझी, दिलिप पोद्दार, कृष्ण तामाङ, उमेश शाह र रञ्जित चौधरी छन् । अर्की एक जना महिलाको नाम भने खुलाइएको छैन ।

काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीका अनुसार घटनाबारे जानकारी दिन बिहीबार पत्रकार सम्मेलन आयोजना गरिएको छ । उनले भने, ‘विाटनगरबाट पाँच जना र काठमाडौंबाट २ जनालाई पक्राउ गरेका छौं ।’उनका अनुसार पीडित युवती मोडलिङ गर्छिन् । उनले शंका लागेपछि प्रहरीमा खबर गरेकी थिइन् ।

प्रारम्भमा मोडलिङसम्बन्धी कार्यक्रमका लागि लैजाने बताइए पनि पछि रक्सी–मासु खाएरनखाएको, महिनावारी भए-नभएको, पूजा गर्नुपर्ने जस्ता कुरा गरेपछि उनी झस्किएकी थिइन् । ‘सुरुमा कार्यक्रममा धेरै जना हुने बताइए पनि पछि तिमी मात्र हुन्छौं भनेको थियो’, पीडित युवतीले भनेकी छन्, ‘त्यसैले प्रहरीलाई जानकारी गराएको हुँ ।’

रक्सी–मासु नखाएको, महिनावारी नभएको र पूजा गर्नुपर्ने भनेपछि उक्त समूहले एन्जिलालाई कुल देवताको नाममा बलि दिन लैजान लागेको हुनसक्ने प्रहरीको अनुमान छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्