Techie IT
  • ११ साउन २०८२, शनिबार
Sajha Hub

काठमाडौँ आउँदै गरेको सुमो दुर्घटना, ३ नाको मृत्यु


काठमाडौँ – मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ ओखरडाँडाको ‘सिस्नेरी–काठमाडौँ’ सडकखण्डमा सुमो दुर्घटना भएको छ । दुर्घटनामा ३ जनाको मृत्यु भएको छ ।

रौटहटको चपुरबाट काठमाडौं आउँदै गरेको ना१ज ३४३३ नम्बरको सुमो दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको मकवानपुरका एसपी सुशील सिंह राठौरले जानकारी दिए । मृत्यु हुनेमा एक महिला र दुई पुरूष रहेको एसपी राठौरले बताए ।

यस्तै दुर्घटनामा र ५ जना घाइते भएका छन् । घाइतेहरुको उपचारका लागि काठमाडौं ल्याइएको छ । तीब्र गतिमा रहेको सुमो शुक्रबार साढे १२ बजे दुर्घटना भएको हो ।


क्याटेगोरी : समाचार

तपाईको कमेन्ट लेख्नुहोस्