Techie IT
  • २२ वैशाख २०८२, सोमबार
Sajha Hub

जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ


काठमाडौं । प्रहरीले स्वयम्भूबाट जुवातास खेलिरहेको अवस्थामा ५ जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-१५ स्वयम्भू किमडोल बस्ने जुन नुच्छे महर्जनको जस्ताको टहरामा जुवातास खेलिरहेको अवस्थामा नागार्जुन नगरपालिका-१ बस्ने २८ वर्षीय विशाल बिष्टसहित ५ जनालाई नगद ८६ हजार ७ सय ५० रुपैयाँ र १ बुक तास सहित शनिबार बेलुका प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार

तपाईको कमेन्ट लेख्नुहोस्