Techie IT
  • २२ वैशाख २०८२, सोमबार
Sajha Hub

चितवनमा पनि चिनियाँ ह्याकरको बिगबिगी


चितवन – प्रहरीले चितवनबाट २ चिनियाँ नागरिकलाइ पक्राउ गरेको छ । काठमाडौंको बूढानीलकण्ठबाट १२२ चिनियाँ नागरिक पक्राउ परेको केही दिनपछि चितवनमा उस्तै शंकास्पद गतिविधि सञ्चालन गर्दै आइरहेका दुई चिनियाँलाई प्रहरीले पक्राउ गरेको हो ।

चितवन प्रहरीले भरतपुरको सिजी ल्याण्डमार्कस्थित होटल फेनमा शंकास्पद गतिविधि गरिरहेका २ चिनियाँ केही दिनअघि पक्राउ परेको जनाएको छ ।

समातिएका चिनियाँलाई अभद्र व्यवहार र साइवरक्राइम कसुरअन्तर्गत अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले जानकारी दिए ।

प्रहरीका अनुसार, यी दुई चिनियाँ नागरिकले होटल फोन प्रयोग गरेर चितवनमा ठूलो चिनियाँ लगानी भित्र्यााउने भन्दै गतिविधि सञ्चालन गर्दै आइरहेका थिए ।

प्रहरीका अनुसार, होटलका अलावा भरतपुरका विभिन्न घर चल्तीको मूल्यभन्दा बढी रकम दिएर उनीहरूले भाडामा लिएको पाइएको छ । ३० हजार भाडाको घरलाई उनीहरूले २ लाखसम्म तिर्नेगरी सम्झौता गरेको प्रहरीले फेला पारेको छ । यति मात्रै होइन, भरतपुरमा रहेको एक पार्टी प्यालेससमेत उनीहरूले भाडामा लिएको पाइएको छ ।


क्याटेगोरी : समाचार

तपाईको कमेन्ट लेख्नुहोस्