नेपालमा सबैभन्दा धेरै पर्यटक आउने देशको सूचीमा चीन

काठमाडौं – चीन नेपालको दोश्रो ठूलो व्यापारिक साझेदार र नेपालमा सबैभन्दा धेरै पर्यटक आउने देशको सूचीमा चीन दोश्रो स्थानमा रहेको छ। त्यस्तै, उत्तरी छिमेकी चीन नेपालमा सबैभन्दा धेरै प्रत्यक्ष विदेशी लगानी (एफडीआई) भित्र्याउने मुलुकको रुपमा उसको स्थान विगत वर्षजस्तै कायम राखेको छ।
सन् २०१८–१९ को वार्षिक व्यापारका आधारमा भारत नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदारको आफ्नो पूर्ववत् स्थान कायम राखेको छ। सो अवधिमा सबैभन्दा धेरै पर्यटक आउने स्रोत मुलुक र मुख्य विकास साझेदार पनि दक्षिणी छिमेकी भारत रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
परराष्ट्र मन्त्रालयले सोमबार जारी गरिएको वार्षिक प्रतिवेदनमा सो कुरा सार्वजनिक गरेको हो। सो प्रतिवेदन अनुसार नेपालमा सबैभन्दा धेरै लगानी गर्ने प्रमुख पाँच राष्ट्रमा चीन, भारत, अमेरिका, जापान र संयुक्त अरब इमिरेट्स (यूएई) रहेका छन्।
त्यस्तै, द्विपक्षीय विकासतर्फ शीर्ष पाँच साझेदारहरुमा भारत, चीन, बेलायत, जापान र अमेरिकी सहयोग नियोग यूएसएड रहेका छन्। बहुपक्षीय शीर्ष पाँच विकास विश्व बैंक समुह, एशिलयाली विकास बैंक, राष्ट्र संघ, युरोपियन युनियन ९इयू०, र कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (आइफ्याड) रहेका छन्।
शीर्ष पाँच आयात साझेदार मुलुकमा भारत, चीन, यूएई, फ्रान्स र इण्डोनेसिया रहेका छन् भने शीर्ष पाँच निर्यात साझेदार मुलुकमा भारत, अमेरिका, जर्मनी, टर्की र बेलायत छन्। गत वर्ष नेपालमा जम्मा १२ लाख ३८ हजार पर्यटक आएका थिए।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्