महानगरका कर्मचारी १५ हजार घुससहित पक्राउ

काठमाडौं – वीरगञ्ज महानगरपालिकाको कार्यालयका कम्प्युटर अपरेटर राकेशकुमार जयसवाल घुससहित पक्राउ परेका छन्। लेखा फाँटमा कार्यरत जयसवाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले १५ हजार घुससहित नियन्त्रणमा लिएको हो।
उनलाई सेवाग्राहीसँग घुसवापतको रकम लिईसकेको अवस्थामा कार्यकक्षबाटै नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ। यसबार थप अनुसन्धान भइरहेको पनि अख्तयारको भनाई छ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्