नेपाल बैंकका पूर्व शाखा प्रबन्धक पक्राउ

काठमाडौं – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइवी) ले नेपाल बैंक डिल्लीबजार शाखाका पूर्वप्रबन्धक भूपराज कोइरालालाई बैंकिङ कशुरमा पक्राउ गरेको छ ।
सोलुखुम्बुको सल्यान गाउँपालिका-१ घर भइ हाल भक्तपुर सूर्यविनायक-४ बस्दै आएका कोइरालालाई नेपाल बैंक केन्द्रीय कार्यालयको जाहेरीपछि प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।
कोइरालालाई बैंकलाई नभएको दायित्व सिर्जना गरेर अनुचित लाभ लिएको आरोपको जाहेरी परेपछि पक्राउ गरिएको व्यूरोले जनाएको छ ।
उनलाई बैंकिङ कसुरमा अनुसन्धान गर्न प्रहरीले उच्च अदालत पाटनबाट ७ दिनको म्याद थप गरेको छ । बैंकिङ कसूर तथा सजाय ऐन २०६४ बमोजिम कोइरालामाथि छानबिन थालिएको व्यूरोले जनाएको छ ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्