Techie IT
  • २९ जेठ २०८३, शुक्रबार

आधा किलो सुनसहित विमानस्थलमा भारतीय नागरिक पक्राउ


काठमाडौं – प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित भारतीय नागरिक सुजिल हरेरामलाई पक्राउ गरेको छ।

फ्लाई दुबाईबाट काठमाडौं ओर्लिएका उनलाई विमानस्थल प्रहरी र भन्सार कार्यलयले मंगलबार बिहान आधा केजी सुनसहित पक्राउ गरेको हो।

प्रहरीका अनुसार उक्त सुन हरेरामले मलद्वारमा लुकाएर ल्याएका थिए। पक्राउ परेका हरेरामलाई प्रहरी थुनामा राखि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्