Techie IT
  • २२ वैशाख २०८२, सोमबार
Sajha Hub

काठमाडौँदेखि जनकपुर पुगेका पर्यटकलाई स्वागत


जनकपुर – नेपाल भ्रमण वर्ष २०२० को पहिलो दिन आज जनकपुरमा विभिन्न कार्यक्रम आयोजन गरेर भ्रमण वर्ष २०२० को औपचारिक रुपमा सुरुवात भएको छ । आज हवाइमार्गबाट काठमाडौँदेखि जनकपुर पुगेका पर्यटकहरुलाई जनकपुर विमानस्थलमा फूलको माला लगाइ स्वागत गरिएको छ ।

भ्रमण वर्ष २०२० को पहिलो दिन जनकपुर आउने पाहुनाहरुलाई उद्योग, पर्यटन, वन तथा वातावण मन्त्रालयका सचिव डाक्टर प्रेम नारायण कँडेलले स्वागत गरेका थिए । आजदेखि विधिवत भ्रमण वर्ष सुरु भएको र आ–आफ्नो स्थानबाट सघाउन सबैलाई धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीप कणेलले आग्रह गरे ।

आज प्रदेश–२ को आठ जिल्लाको प्रायः सबै सदरमुकाममा भ्रमण वर्षलाई केन्द्रीत गरेर कार्यक्रमहरु आयोजन गरिएको भिजिट नेपाल २०२० प्रदेश समन्वय समितिका संयोजन मनिष झाले जनाए ।

यता, आज विहान जनकपुरको दुधमति किनारमा वृक्षारोपण गरिएको हो । आज दिउँसो दुई बजे जनकपुरधाम स्थित जानकी मन्दिरमा २०२० ओटा बेलुन उडाउने, २०२० ओटा माला, फलफूल मन्दिरमा चढाउने समेत कार्यक्रम रहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्