Techie IT
  • २२ वैशाख २०८२, सोमबार
Sajha Hub

प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने २ जना पक्राउ


भक्तपुर – मध्यपुर ठिमी नगरपालिका-२ धुन्चेपाखास्थित ड्युटिमा खटिएको प्रहरीलाई नगद १ हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने भारत घर भएका बोडे बस्ने २६ वर्षीय महोमद दिल्दारमियालाई शनिबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

सोही स्थानमा महानगरीय प्रहरी प्रभाग सानोठिमीबाट खटिएको प्रहरीले उनलाई बा.३७ प १२०६ नम्बरको मोटरसाइकल मादक पदार्थ सेवन गरी चलाएको फेला पारी कारबाही गर्ने क्रममा उक्त नगद प्रहरीलाई दिन खोजे पश्चात पक्राउ गरेको हो ।

यसैगरी, सूर्यबिनायक नगरपालिका-९ नलिनचोकस्थित सडकबाट ड्युटिमा खटिएको प्रहरीलाई नगद १ हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने लमजुङ घर भएका ३९ वर्षीय प्रेम बहादुर घर्तीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

सोही स्थानमा महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई ना.८ ख ४३३७ नम्बरको टिपर मादक पदार्थ सेवन गरी चलाएको फेला पारी कारबाही गर्ने क्रममा उक्त नगद प्रहरीलाई दिन खोजे पश्चात पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।


क्याटेगोरी : समाचार

तपाईको कमेन्ट लेख्नुहोस्