Techie IT
  • २२ वैशाख २०८२, सोमबार
Sajha Hub

घुससहित वन कार्यालयका प्रमुख पक्राउ


बुटवल – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको सैनामैनास्थित सब डिभिजन वन कार्यालय प्रमुख पुष्पराज श्रेष्ठलाई ५ हजार घुससहित पक्राउ गरेको छ ।

कार्यालय प्रमुख श्रेष्ठले घर बनाउनको लागि काठ उपलव्ध गराउन भेरिफिकेसन सिफारिस गरिदिए बापत सेवाग्राहीसँग पटक-पटक घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले बुधबार पक्राउ गरेको हो ।

अख्तियारका अनुसार प्रमुख श्रेष्ठलाई सेवाग्राहीबाट पाँच हजार घुस लिइसकेको अवस्थामा उक्त रकमसहित बुटवल उपमहानगरपालिका वडा नं. १२ स्थित नयाँगाउँबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।


क्याटेगोरी : समाचार

तपाईको कमेन्ट लेख्नुहोस्