संखुवासभाबाट विष्फोटक पदार्थसहित एक पक्राउ

संखुवासभा – प्रहरीले संखुवासभाबाट विष्फोटक पदार्थ सहित मंगलबार एक जनालाई पक्राउ गरेकाे छ । मादीमुलखर्क नगरपालिका-३ बस्ने ३४ वर्षीय सोम बहादुर तामाङलाई प्रेसर कुकर बम १ थान, रेडबुल बम १ थान, सुतली बम १ थान, सकेट बम १ थान, ईलेक्ट्रिक डेटोनेटर १ थान नन ईलेक्ट्रोनिक डेटोनेटर ७ थान, फ्लेक्जिवल तार १ रोल र करिब ५० ग्राम न्युजल हाई एक्प्लोसिभ सहित मंगलबार प्रहरीले पक्राउ गरेको हो ।
सभापोखरी गाउँपालिका-३ सुनाम्लास्थित जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले तामाङलाई उक्त बिष्फोटक पदार्थ सहित फेला पारी डिस्पोजको लागि नेपाली सेनासँग समन्वय गरेकोमा उनको साथमा रहेको बिष्फोटक पदार्थमध्ये प्रेसर कुकर बम १ थान, रेडबुल बम १ थान, सुतली बम १ थान, सकेट बम १ थान, ईलेक्ट्रिक डेटोनेटर १ थान डिस्पोज गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्