विप्लव समूहका दुई नेता पक्राउ

रौतहट – नेत्र विक्रम चन्द ‘विप्लव’समूहका दुई नेता पक्राउ परेका छन् । प्रतिबन्धित नेकपा रौटहटका जिल्ला सेक्रेटरी र जिल्ला सदस्यलाई प्रहरीले चन्द्रपुर नगरपालिका–३ इपिलघारीबाट गत राति पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा जिल्ला सेक्रेटरी सृजना शाही र जिल्ला सदस्य दुर्गा बल रहेको रौतहट जिल्ला प्रहरी प्रमुख एसपी रविराज खड्काले जानकारी दिए ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्