सुनजस्तो देखिने पहेँलो धातुसहित ६ जना पक्राउ

रसुवा – सुन जस्तो देखिने पहेंलो धातु करिब २ केजी ५ सय ग्रामसहित दोलखा तामाकोशी गाउँपालिका–५ बस्ने २३ वर्षीय तुलनारायण श्रेष्ठ समेत ६ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
गोसाईकुण्ड गाउँपालिका–२ घट्टेखोलास्थित सीमा प्रहरी चौकी टिमुरेबाट खटिएको प्रहरीले रसुवागढीबाट काठमाडौंतर्फ आउँदै गरेको ना १ ज ३५४२ नम्बरको टाटा सुमोलाई जाँच गर्ने क्रममा उक्त धातु फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । यता, दाङको दंगिशरण गाउँपालिका–१ बस्ने २४ वर्षीय चेत बहादुर पुन र सोही ठाउँ बस्ने २४ वर्षीय सौगात घर्तीलाई चितुवाको छाला १ थानसहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले घोराही उपमहानगरपालिका–१४ नयाँ बसपार्कमा उनीहरूको झोला तलासी गर्दा झोलाभित्र लुकाई राखेको उक्त चितुवाको छाला फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्