Techie IT
  • २३ वैशाख २०८२, मंगलबार
Sajha Hub

समाजवादी पार्टी संसदीय दलको बैठक बस्दै


काठमाडौँ – राष्ट्रियसभा चुनावको समीक्षासहित संसदमा प्रस्तुत लगायतको विषयमा छलफल गर्न समाजवादी पार्टीले संसदीय दलको बैठक बोलाएको छ ।

सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा केही बेरमा बस्न लागेको बैठकमा चालु संसद बैठकमा समाजवादी पार्टीको भूमिका र हालै सम्पन्न राष्ट्रियसभा चुनाव लगायतको विषयमा छलफल गर्न बैठक बस्न लागेको संसदीय दलका मुख्य सचेतक उमाशंकर अरगरियाले बताए । सरकारबाट बाहिरिने विषयमा छलफल गर्न यसअघि पुस ७ गते संसदीय दलको बैठक बसेका थियो ।

राष्ट्रियसभा चुनावमा प्रदेश २ मा काँग्रेससँग चुनावी तालमेल गरेको समाजवादी–काँग्रेसले एउटा पनि सीट जित्न सकेन । नेकपाले सभामुख पाएपछि प्रतिपक्ष दल अथवा नेकपाबाहेक अन्य कुनै पनि दलले उपसभामुख लिन सकिने प्रावधान रहेको छ ।

समाजवादी पार्टीले पनि उपसभामुखका लागी पनि दाबी गरेको छ । तर नेकपाले समाजवादी पार्टीलाई नदिने सम्भावना धेरै रहेको छ । नेकपाले उपसभामुखको बारेमा काँग्रेस र राजपासँग छलफल गरिरहेको छ ।
प्रतिनिधिसभाले सभामुख आइसकेपछि संसद नियमित चल्ने भएको छ ।


क्याटेगोरी : समाचार

तपाईको कमेन्ट लेख्नुहोस्