Techie IT
  • २४ वैशाख २०८२, बुधबार
Sajha Hub

रौतहटमा प्रहरी र हतियारधारी समूहबीच दोहोरो भिडन्त


रौतहट – रौतहटमा प्रहरी र भारतीय अपराधिबीच गोली हानाहान भएको छ । मंगलबार राति इशनाथ नगरपालिका–१ बन्जरास्थित नेपाल भारत सीमासँग जोडिएको बकैया नदिको बाँधमा भारतीय अपराधी र प्रहरीबिच गोली हानाहान हुँदा एक जना घाइते भएका छन् ।

प्रहरीको गोली लागेर भारत मोतिहारी जतौलिया ग्राम पन्चायतका वडा नं ४ का शेख चाँद अली घाइते भएको रौतहट प्रहरीले जनाएको छ ।

उनलाई प्रहरीले नियन्त्रण लिएर अनुसन्धान गरिरहेको छ । प्रहरीले उक्त समूहबाट एउटा कटुवा पेस्तोल, एक राउण्ड गोली र खोका बरामद गरेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्