Techie IT
  • २२ वैशाख २०८२, सोमबार
Sajha Hub

एसएसपी शौरभ राणाले गरे आत्मसमर्पण


काठमाडौँ – धरानकी एक महिलालाई बलात्कार गरेको आरोप लागेका एसएसपी शौरभ शमशेर राणाले आत्मसमर्पण गरेका छन् । एसएसपी राणाले आइतबार दिउँसो जिल्ला प्रहरी कार्यालय सुनसरी पुगेर आत्मसमर्पण गरेका हुन् ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता शैलेश थापा क्षत्रीले एसएसपी राणा जिप्रका सुनसरी पुगेर आत्मसमर्पण गरेको पुष्टि गरे । गृह मन्त्रालयले एसएसपी राणालाई बिहिबार निलम्बन गरेको थियो । निलमबन गरेको भोलिपल्ट राणाले आफूमाथि बलात्कार गरेको भन्दै ती महिलाले राणाले आफूमाथि बलात्कार गरेको भन्दै जिप्रका सुनसरीमा जाहेरी दिएकी थिइन् ।

हाल एसएसपी राणा संघीय प्रहरी इकाइ धरानको प्रमुखको हैरियसमा कार्यरत थिए । प्मुख रहेकै बेला राणा निलम्‍बनमा परेका थिए । एसएसपी राणा २०४९ सालबाट प्रहरी सेवामा प्रवेश गरेका थिए ।

एसएसपी राणामाथि यौन दुव्र्यवहारको आरोप लागेपछि गृहमन्त्रालयका सहसचिव इन्दु घिमिरेको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरिएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्