Techie IT
  • १९ फागुन २०८२, मंगलबार

मानव अधिकारकर्मी पहाडीको खाताको रकम शान्ति समाजमा हस्तान्तरण हुने


काठमाडौं – मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले आफ्नो खातामा रहने रकम शान्ति समाजमा हस्तान्तरण हुने घोषणा गरेका छन्।

मानव अधिकारवादी नेता पहाडीले आफ्नो शेषपछि आफ्नो नाममा भएका बैंक खातामा रहने रकम समाजमा हस्तान्तरण हुने घोषणा गरेका सभापति उत्तम पुडासैनीले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

५७ वर्षीय पहाडीले आफूले लेखेका पुस्तकबाट प्राप्त हुने रोयल्टीलगायत रकम पनि शान्ति समाजको हुने घोषणा गरेका छन्। नागरिक आन्दोलनका अगुवासमेत रहेका पहाडीका नेपाली, अंग्रेजी र हिन्दी भाषामा गरी २९ पुस्तक प्रकाशित भएका छन्। यी पुस्तक बिक्रीबाट प्राप्त रकमसमेत उनले समाजकै क्रियाकलाप सञ्चालनका लागि दिएको थिए।


क्याटेगोरी : समाचार

तपाईको कमेन्ट लेख्नुहोस्