Techie IT
  • १० साउन २०८२, शुक्रबार
Sajha Hub

कलंकीको अन्डरपासमा टिपरले मान्छे मार्‍यो


काठमाडौं – कलंकी अन्डरपासमा टिपरको ठक्करबाट दुईजनाको मृत्यु भएको छ । गएराति पौने १ बजे टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको प्रहरीले जानकारी गराएको छ । मृत्यु हुनेमा दुवै रौतहट निवासी हुन् ।

०३००४ प ५५० नम्बरको मोटरसाइकललाई टिपरले ठक्कर दिएको थियो । टिपर भने ठक्कर दिएपछि फरार भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा रौतहटका राकेशकुमार चौधरी र मुन्ना चौधरी रहेको महानगरीय प्रहरी वृत्त कालीमाटीका डीएसपी रुगम कुँवरले जानकारी दिए । उनका अनुसार घाइते दुवै जनाको उपचारको क्रममा त्रिवि शिक्षण अस्पतालमा ज्यान गएको हो ।


क्याटेगोरी : समाचार

तपाईको कमेन्ट लेख्नुहोस्