मित्रराष्ट्रको सहयाेगमा चीनले कोरोना भाइरससँग लडेर जित्छः राजदूत यान्छी

काठमाडौं – नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चीन कोरोना भाइरससँग जुधिरहेको बताएकी छन् । उनले चीनले मित्रराष्ट्रको सहयोगबाट नोबेल कोरोना भाइरससँग लडेर जित हाँसिल गर्ने बताएकी हुन् ।
शुक्रवार सामाजिक सञ्जाल ट्वीटरमा यान्छीले चीनले मेडिकल मास्क उत्पादन गरिरहेको भिडियो पोस्ट गर्दै उनले नेपाल र अन्य मित्रदेशको सहायतामा चीनले कोरोना भाइरससँग लडेर जित प्राप्त गर्ने प्रतिक्रिया दिएकी छन् ।
‘कोरोना भाइरससँग लड्न चीनका कारखानाहरूले अधिकतम क्षमताका साथ मास्क र अन्य स्वास्थ्य सामग्री उत्पादन गरिरहेका छन्,’ उनले भनेकी छिन्, ‘नेपालसहित अन्य मित्रदेशको सहयोगमा चीनले जित हासिल गर्नेछ ।’
सरकराले चीनलाई १ लाख मास्क उपलबध गराउने बताएको भोलीपल्ट राजदूत यान्छीको यस्तो प्रतिक्रिया आएको हो । उनले नेपालले गरेको सहयोगका लागि धन्यवाद व्यक्त गर्दै आइरहेकी छन् ।
Factories in China are producing masks and medical materials at maximum capacity to meet the needs of fighting against coronavirus. Together with the support of international friends including Nepal, the final victory against the virus will be secured! pic.twitter.com/W8DZlLAQTe
— Ambassador Hou Yanqi (@PRCAmbNepal) February 7, 2020
क्याटेगोरी : समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्