नेपालको सम्पदा कालो सुचिमा पर्दैन् : मन्त्री भट्टराई

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सरकारले काठमाडौं उपत्यकाभित्रका विश्व सम्पदा जोड्ने गरी साइकल लेन बनाउँन लागको जानकारी दिएका छन् ।
आइतबार राजधानीमा नेपालका पुरातात्त्विक सम्पदा पुनर्निर्माणका बारेमा जानकारी दिन आयोजना गरिएको कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले सम्पदालाई पर्यटक आकर्षणको केन्द्र बनाउने उद्देश्यले साइकल लेनबाट सबै विश्व सम्पदालाई जोड्ने योजना बनाइएको बताए ।
मन्त्री भट्टराईले नेपालका सम्पदा पर्यटकका लागि आकर्षणको केन्द्र रहेको बताउँदै नेपालको विश्व सम्पदा खतरा र कालो सुचिमा नपर्ने बताए ।
मन्त्री भट्टराईले भक्तपुर, पाटन र वसन्तपुर दरबार क्षेत्रलाई राति समेत भ्रमण गर्न सकिने गरि लाइटिङ जडानको काम भइरहेको जानकारी दिए । उनले भने, ‘लाइटिङ जडानको काम भइरहेको छ, सकिनासाथ रात्रीकालिन भ्रमणको सुरु गर्छौं ।’
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्