Techie IT
  • २४ वैशाख २०८२, बुधबार
Sajha Hub

मन्त्रिपरिषद बैठकले छान्न सकेन प्रहरीको आइजिपी


काठमाडौं – नेपाल प्रहरीको महानिरीक्षक नियुक्त गर्न मंगलबार बिहान मन्त्रिपरिषद् बैठक बस्ने भएको छ।

सोमबार दिउँसो बसेको मन्त्रिपरिषद बैठकले नेपाल प्रहरीको महानिरीक्षक नियुक्त गर्न सकेन । हालका आईजीपी सर्वेन्द्र खनालसहित तीन एआईजी र उनका ब्याचका डीआईजीहरुले सेवाहदका कारण मंगलबारबाट अवकाश पाउँदैछन् । स्रोतका अनुसार अर्को मन्त्रिपरिषद बैठकमा मात्रै आईजीपीमा कसलाई नियुक्त गर्ने टुंगो लाग्नेछ ।

खनालकै ब्याचको वैकल्पिक टोलीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) ठाकुर ज्ञवाली र तारिणीप्रसाद लम्साल प्रहरीको नेतृत्व गर्ने दौडमा छन् । यो टोलीले पाँच महिनाका लागि प्रहरीको नेतृत्व सम्हाल्नेछ ।

यदी सरकारले ३० वर्षे सेवाहद हटाउने निर्णय गरे हालका आईजीपी खनालकै ब्याचको कार्यकाल थपिनेछ भने डीआईजी केदार रिजाल उत्तराधिकारी बन्नेछन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्