Techie IT
  • २८ वैशाख २०८२, आईतबार
Sajha Hub

महराले सांसदको सेवा सुविधा फिर्ता पाउने


काठमाडौं – पूर्वसभामुख कृष्णबहादुर महराले जवरजस्ती करणी मुद्दामा सफाई पाएका छन् । सोमबार जिल्ला अदालत काठमाडौंले उनलाई सफाई दिएको हो । सफाई पाएसँगै महराले सांसदको सेवा सुविधा फिर्ता पाउने भएका छन् ।

गत असोज १२ गते संसद सचिवालयकै कर्मचारीमाथि बलात्कार प्रयासको आरोपमा पुर्पक्षका लागि जेल चलान भएका महराको सांसद पद पनि पुनर्स्थापित हुने भएको हो । संसद नियमवाली अनुसार तीन वर्ष भन्दा बढी कैद सजाय तोकिने गम्भीर मुद्दामा अभियुक्त ठहर भएपछि महरा सांसद पदबाट स्वतस् निलम्बित थिए ।

बलात्कार प्रयास अभियोग लागेसँगै महराले सभामुख पदबाट भने राजीनामा दिएका थिए । तीन वर्षभन्दा बढी सजाय तोकिने फौजदारी मुद्दा चलेपछि स्वतस् निलम्बित उनको सांसद पद र सेवासुविधा पनि फुकुवा हुनेछ । अदालतबाट सफाइ पाएसँगै अब महराले सांसदका रुपमा संसदमा प्रवेश गर्न पाउनेछन् ।

महराविरुद्ध जवरजस्ती करणी प्रयासमा ५ वर्ष र सार्वजनिक पद धारण गरेर कसुरको प्रयास गरेको भन्दै थप साढे २ वर्षसहित साढे ७ वर्ष कैद सजाय माग गर्दै मुद्दा दायर गरिएको थियो।


क्याटेगोरी : समाचार

तपाईको कमेन्ट लेख्नुहोस्