Techie IT
  • २३ असार २०८२, सोमबार
Sajha Hub

दावा लामाका सहयोगी सत्यमान पक्राउ


काठमाडौं – गुण्डा नाइके दावा लामाका एक सहयोगी पक्राउ परेका छन् । नेपाल प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका लामाका सहयोगी सत्यमान तामाङलाई प्रहरीले होटल सांग्रिला अगाडिबाट पक्राउ गरेको हो ।

काभ्रेको तेमाल गाउँपालिका–६, स्थायी घर भई बालुवाटार बस्दै आइरहेका तामाङले मादक पदार्थ सेवन गरी प्रहरीसँग विवाद गरेपछि उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

पक्राउ परेका तामाङमाथि अनुसन्धान भइरहेको महाराजगञ्ज प्रहरी प्रमुख डीएसपी उमेश लम्सालले जानकारी दिए ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्