Techie IT
  • २३ वैशाख २०८२, मंगलबार
Sajha Hub

मलाई ७० करोड मात्र होइन १० अर्ब जतिको प्रस्ताव आयो होलाः मन्त्री बाँस्कोटा


काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले सेक्युरिटी प्रेस खरिद बारेको अडियो आफूलाई फसाउन गरिएको प्रपोगाण्ड भएको बताएका छन् । मन्त्री बाँस्कोटाले आफुमाथि लागेको आरोप प्रमाणित भए सजाय भोग्न तयार भएको बताए ।

बिहीबार नेकपा कञ्चनपुरको बेलडाँडीद्वारा बेलडाँडी गाउँपालिकामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा मन्त्री बाँस्कोटाले यसलाई राजनीतिक रंग दिएर प्रपोगाण्डा मच्चाइन लागिएको प्रतिक्रिया दिए ।

सेक्युरेटरी मेसिन खरिद बारे मन्त्री बाँस्कोटाले ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएको छ ।

उनले भने, ‘जसले गल्ती गर्छ, त्यही जान्छ । यस्ता विषयले पार्टीलाई लैजाने होइन, आत्तिनु पर्दैैन । मैले गल्ती गरेको भए म जाँउला ।’

उनले करोडौंको प्रस्ताव धेरैले राखे पनि काम नबन्दा फोन रेकर्ड सार्वजनिक गरेको भन्दै आरोप अस्वीकार गरेका छन । ‘त्यस्ता प्रस्ताव धेरैवटा आउँछन् । आउनेजति सबै मान्ने हो भने १० अर्ब जतिको आयो होला’, उनले भने ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्