Techie IT
  • २३ वैशाख २०८२, मंगलबार
Sajha Hub

गोकुल बाँस्कोटाको घरमा बम विस्फोट गराउने विप्लवका नेता देव गुरुङ


काठमाडौं – पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको नवनिर्मित घरमा बम विस्फोट गराएको आरोपमा विप्लव समूहका नेता पक्राउ परेका छन् ।

बुधबार बिहान बाँस्कोटाको घरमा बम विस्फोट गराएको आरोपमा नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका भक्तपुर जिल्ला सदस्य देव गुरुङलाई पक्राउ गरिएको हो । महानगरीय अपराध महाशाखाको टोलीले जडीबुटी क्षेत्रबाट पक्राउ गरेको हो ।

भक्तपुरको लोकन्थलीमा निर्माणाधीन बाँस्कोटाको घरको गेटमा बुधबार बिहान बम विस्फोट भएको थियो । बाँस्कोटाको घरमा बुधबार विहान प्रेसर कुकर बम रिमोर्ट कन्ट्रोलबाट गराइएको प्रहरीले बताएको छ । घटनास्थलभन्दा पाँच सय मिटर टाढा रिमोर्ट फेला परेको अनुसन्धानमा खटिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका गुरुङ प्रहरीको खोजी सूचीमा थिए । यसअघि उनीमाथि दुर्गा प्रसाईंको घरमा पनि विस्फोट गराएको आरोप छ ।

सेक्युरिटी प्रेस खरिदमा ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएपछि निवर्तमानमन्त्री बाँस्कोटाले फागुन ८ गते मन्त्रीबाट राजीनामा दिएका थिए । बाँस्कोटा अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित घरमा बस्दै आएका छन् ।

विप्लव समूहले मन्त्री हुँदा बाँस्कोटाले विभिन्न परियोजनामा घुस मागेको र अर्का्तिर आफ्नो पार्टीमाथि प्रतिबन्ध लगाउने काम गरेकाले कारबाहीस्वरूप विष्फोट गरिएको बताएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्