Techie IT
  • २३ वैशाख २०८२, मंगलबार
Sajha Hub

यातायात व्यवस्था विभागको पत्रः टुटल र पठाओ बन्द गर्नू भनेको छैन् !


काठमाडौं – सरकारले विभिन्न प्रयोजनमा दर्ता भएका र आफूखुशी यात्रु बोक्ने सवारीलाई सार्वजनिक सवारीको रूपमा प्रयोग नगर्न निर्देशन दिएको छ ।यातायात व्यवस्था विभागले मंगलबार एक विज्ञप्ति जारी गर्दै कानूनको उल्लंघन गरी अरू प्रयोजनमा दर्ता भएका सवारीले भाडामा यात्रु बोकेमा प्रचलित कानून बमोजिम कारबाही गर्ने जानकारी दिएको छ ।

ट्याक्सी व्यवसायी तथा चालकले टुटल र पठाओलाई कानून विपरित सेवा प्रदान गर्न छुट दिइएको भन्दै बुधबार विभाग घेराउ गरेका थिए । ट्याक्सी सञ्चालकहरुको दबावमा विभागले मंगलबार राती नै सूचना जारी गरेको हो ।

विभागले टुटल र पठाओको नाम उल्लेख नगरी जारी भएको सूचना कार्यान्वयन गरिएमा निजी सवारीलाई पनि भाडा लिएर यात्रु बोकिरहेकाहरु प्रभावित हुनेछन् । विभागले कानून मिचेर सञ्चालनमा रहेका सवारीमाथि तत्कालै कारबाही थालिने स्पष्ट पारेको छ ।

सूचनामा यातायात व्यवस्था ऐनको दफा १२ मा ‘कुनै एक प्रयोजनका निम्ति दर्ता भएको सवारी अर्को प्रयोजनमा लगाउन पाइने छैन’ भन्ने व्यवस्था रहेको स्मरण गराएको छ ।

विभागले महानिर्देशकको नाम उल्लेख नगरेको वेवारिसे नोटिस सार्वजनिक गरेको छ । उच्च अदालतले पठाओ र टुटललाई नरोक्नु भनेर आदेश दिएको छ । नाम नतोकेर आएको विज्ञप्तिका कारण टुटल र पठाओ सञ्चालकहरु यो निर्देशन आफ्ना लागि नभएको दाबी गर्छन् । विभागले जारी गरेको विज्ञप्तिमा चलानी नम्बर र महानिर्देशकको अफिसयल छापसमेत छैन् । ट्याक्सी चालकहरुको आन्दोलनलाई मथ्थर पार्नका लागि मात्र विभागले विज्ञप्ति निकालेको बुझिएको छ ।

पठाओका क्षेत्रीय निर्देशक असिम मान सिंह बस्न्यातले दर्ता नभएका रातो नम्बर प्लेटका सवारीमाथि यस्तो निर्देशन आएको बताए । ‘उच्च अदालतले पठाओ नरोक्न आदेश दिइसकेको छ । त्यसैले यो निर्देशन हाम्रा लागि होइन जस्तो लाग्छ । किनकी पत्रमा नाम तोकेर भनेको छैन्’, उनले भने ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्