नेपालसँग सीमा जाेडिएकाे उत्तर प्रदेशमा कोरोनाका विरामी भेटियो

काठमाडाैं – विश्वभरी नै महामारीको रुपमा फैलिएको कोरोना भाइरस भारतको उत्तर प्रदेश राज्यमा फैलिएको छ । नेपालसँग सीमा जोडिएको उत्तर प्रदेश राज्यको राजधानी लउनऊमा एक महिलालाई कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो ।
किंङ जर्ज मेडिकल विश्वविद्यालय (केजीएमयू)का अनुसार क्यानडाबाट आफन्त भेट्न लखनऊ आएकी महिलामा जाँचका क्रममा कोरोना भाइरस संक्रमण पुष्टि भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ । ती महिलालाई केजीएमयूको आइसोलेशन वार्डमा राखिएको छ । जाँचका क्रममा ती महिलाका श्रीमानमा भने कोरोना नेगेटिभ पाइएको छ ।
यससँगै भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या ६२ जना पुगेको छ । कोरोनाबाट बच्न भारतले अत्यावश्यक बाहेक अप्रिल १५ सम्मका सबै भिसा रद्द गरेको छ । भारतमा कोरोना संक्रमितको संख्या बढेसँगै भारत सरकारले अप्रिल १५ सम्म जारी गरेका सबै भिसा रद्द गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्