श्रम स्वीकृति र नो अब्जेक्सन लेटर अनिश्चितकालका लागि बन्द

काठमाडौं – सरकारले वैदेशिक रोजगारीका लागि दिइने श्रम स्वीकृति अनिश्चितकालका लागि बन्द गरेको छ ।नेपाली श्रमिक कार्यरत देशमासमेत कोरोना भाइरसको जोखिम बढेपछि वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि सरकारले अर्को सूचना नआएसम्मका लागि श्रम स्वीकृति बन्द गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ ।
विश्वव्यापी रुपमा माहामारी फैलिएकोे कोरोना भाइरसको प्रकोप खाडी मुलुकहरू कतार, कुवेत, युएई, साउदी अरबसमेतमा फैलिएपछि सरकारले श्रम स्वीकृति स्थगन गर्ने निर्णय गरेको विभागका महानिर्देशक कुमार दाहालले जानकारी दिए ।
त्यस्तै अध्ययनका लागि विदेश जाने विद्यार्थीहरुलाई पनि वैशाख १२ गतेभन्दा अगाडि नो अब्जेक्सन सर्टिफिकेट नदिने सरकारले निर्णय गरेको छ ।
दैनिक १५ सय नेपालीले श्रम स्वीकृती लिँदै आएका छन् भने दैनिक २ सय नेपाली विद्यार्थीले नो अब्जेक्सन लेटर लिँदै आएका छन् ।
त्यस्तै शनिबारदेखि स्वदेश फर्कने नेपाली, गैरआवासीय नेपाली र विदेशीहरुले १४ दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गरिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्