Techie IT
  • २८ वैशाख २०८२, आईतबार
Sajha Hub

भारत-पाकिस्तान परमाणु युद्ध भएमा १० करोड मानिसको ज्यान जाने


एजेन्सी – साइन्स जर्नल पीएनएएसमा प्रकाशित पहिलो अध्ययनले भारत र पाकिस्तानबीच परमाणु युद्ध भएमा यी दुई देशमा रहेका परमाणु हतियारको १ प्रतिशतको मात्रै प्रयोगले पनि १० करोड मानिसको तत्काल ज्यान जानुका अलावा विश्वव्यापी रुपमा आधुनिक इतिहासकै ठूलो खाद्यान्न संकट आउन सक्ने उल्लेख गरेको छ ।

यसले मानिसमा खाद्यान्न संकट हुने र भोककै कारण करोडाैं मानिसको ज्यान समेत जान सक्ने बताइएको छ । अध्ययनमा भनिएको छ, “दुई देशबीच परमाणु युद्ध भइरहँदा विश्वव्यापी स्तरामा तापमानमा गिरावट आउने, कम वर्षा हुने र सूर्यको मधुरो किरणको प्रभाव पर्नेछ ।” यसको ठूलो असर कृषि उत्पादनमा पर्नेछ । पहिलो वर्षमा खाद्यान्नको उत्पादनमा १२ प्रतिशतको गिरावट आउने छ । यो असर करिब एक दसकसम्म पुरै विश्वको खाद्यान्न उत्पादन तथा व्यापारमा देखिने छ ।

यो अध्ययन अमेरिकाको रटजर्स युनिभर्सिटी न्यू ब्रुन्सविकका शोधकर्ताको आकलनमा आधारित छ । शोधकर्ताका अनुसार यसको असर २१औं सताब्दीको अन्त्यसम्म मानवजनित जलवायु परिवर्तनको प्रभाव भन्दा धेरै बढी हुने छ । कृषि उत्पादकत्वमा विश्वव्यापी तापमान वृद्धिको व्यापक रुपमा अध्ययन गरिएको उनीहरुको बुझाई छ । तर तापमानमा अचानक गिरावट आउनाले विश्वव्यापी कृषि उत्पादनको वृद्धिमा हुने प्रभावको जानकारी अत्यन्त कम स्तरमा रहेको छ ।

यो अध्ययनमा आफ्नो योगदान दिने प्राध्यापक एलेन रोबोकले भने, “हाम्रो परिणामबाट परमाणु हतियारलाई निश्चित रुपमा समाप्त गरिनु पर्छ भन्ने निश्कर्ष आउछ । किनकी यसको प्रयोग गरियो गरियो भने त्रासदीपूर्ण अवस्था आउन सक्छ ।”


क्याटेगोरी : समाचार

तपाईको कमेन्ट लेख्नुहोस्