Techie IT
  • २८ वैशाख २०८२, आईतबार
Sajha Hub

विश्वकै ठूलो कार निर्माता फक्सवागनको युरोप उत्पादन बन्द


एजेन्सी – बिक्री संख्याका आधारमा विश्वकै ठूलो कार निर्माता कम्पनी फक्सवागनले युरोपको उत्पादन बन्द गर्ने भएको छ । यो महादेश कोरोनाभाइरसको प्रकोप नियन्त्रण गर्न लागि परेकाले उत्पादन बन्द गर्न लागिएको हो ।

जर्मन कार निर्माताले मंगलबार स्पेन, पोर्चुगलको सेतुबाल र स्लोभाकियाको ब्रातिस्लामाको उत्पादन प्लान्ट रोक्ने बताएको हो । लामबोर्घिनी सुपर कार डुकाटी मोटरसाइकल उत्पादन गर्दै आएको इटालीको कारखाना पनि प्रायः निश्क्रिय हुनेछ ।

यो समूहको अन्य जर्मन र युरोपेली प्लान्ट मध्ये धेरैले सम्भवतः दुई सातासम्मका लागि उत्पादन रद्द गर्ने तयारी गरिरहेको फक्सवागतका सीईओ हर्बट डिसले बताए । “हाल बिक्रीको बिग्रदो अवस्था र हाम्रा प्लान्टमा पार्टको आपूर्तिको अनिश्चितता चुलिएको समयमा उत्पादन बन्द गर्नु सान्दर्भिक देखिएको छ,” डिसले बताए ।

बिहीबार ढिलो सुरु हुनेगरी कारखानाले फक्सवागन ब्रान्डको उत्पादन बन्द गर्ने कम्पनीले जनाएको छ । यसमा वल्फबर्गमा रहेको कम्पनीकै ठूलो प्लान्ट पनि संलग्न रहनेछ । यो विश्वकै ठूलो मध्येको उत्पादन साइट हो ।


क्याटेगोरी : समाचार

तपाईको कमेन्ट लेख्नुहोस्