नेपाल एयरलाइन्सको जहाज मेडिकल सामग्री लिन चीन उड्यो

काठमाडौं – कोरोना परीक्षणका लागि मेडिकल सामग्री लिन नेपाल एयरलाइन्सको जहाज चीन उडेको छ । ए३३०वाइडबडी जहाज चीनको ग्वाङ्झाउका लागि उडेको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अपरान्ह साढे १२ बजे उडेको जहाज आजै राति काठमाडौं आइपुग्ने नेपाल एयरलाइन्सले जनाएको छ ।
यसबाहेक नेपाल एयरलाइन्सले चीनमा थप ३ कार्गो उडान गर्नेछ । जहाजमा ४ जना पाइलट, २ जना इन्जिनियर, लोडमास्टरसहित कुल १० जना रहेका छन । सो विमानले कोरोना भाइरस परीक्षण गर्ने किट्स र पीपीईलगायतका औषधिजन्य सामग्री ल्याउने बताइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्