Techie IT
  • २८ वैशाख २०८२, आईतबार
Sajha Hub

विश्वमहामारीको रुप लिएको कोरोनाबाट आफू पनि बचौं र अरुलाई पनि बचाऔ !


आदरणीय दाजु भाई तथा दिदिबहिनी हार्दिक अभिवादन !

प्रकाश नेपाली \भारत – बिश्वब्यापी महामारीको रुपलिएको कोराना भाईरस संक्रमणको कारणले त्रासको अवस्था सिर्जना भएको छ ।यस्तो अवस्थामा जनजागरण अभियान स्वरुप तपाईं हामी जो जहाँ छौँ त्यहाबाट भौतिक ,मानबिय एबम् सामाजिक रुपमा ब्याक्ति, समुदाय समाज लाई बिश्वब्यापी भर फैलिएको कोरना भाईरसबाट बच्न र आपनो परिवार लाई बचाउने उपाए बारेमा सिकाउनु सब्य एबम शिशित समाजको पहिलो प्राथमिकता हो ।

अचानक  ज्वरो आउनु रुगाखोकी लाग्नु ,सरिलको तापक्रम बड्नु बान्ता हुनु, छाती दुख्नु एवम् रिगन्टा लाग्नु जस्ता लक्षण फेला पर्नका साथ नजिकको स्वास्थय चौकी अथवा अस्पतालमा सम्पर्क गरि बैलैमा उपचार लिनुले राेग फैलिनबाट बचाउछ !यदि समयमै उपचार पाएमा हुनसक्ने , सम्भाबित खतराबाट वच्न सकिने भएकाले बेलैमा सम्मन्धी स्वास्थय संस्थामा सम्मन्य गरौ र गराउने माध्यम तपाई हामीले मिलाउनु पर्छ ।

काेराना  भाइरसले आज बिश्वब्यापी आतंक मचिएपनि मानसिक चिन्ता लिनु हुन्न। जब चिन्ताले मानिसहरुलाई कम्जोर बनाउछ जस्का कारण उक्त ब्याक्तिलाई नै रोगले च्याप्न सक्ने भएकाले कम्जोर मानसिक्ताबाट मुक्त रौ ! आपनो दैनिक खाना, सरसफाइ मिलाएर तुरुन्तै साबुनपानीले हात धुने बानी बिसालौ । ·

सरसफाईमा उचित ध्यान दिनुहोस्– साबुन पानीले पटकपटक हात धुने र स्यानिटाइजर प्रयोग गर्ने गर्नुहोस् । · भीडभाडबाट टाढै रहनु होस्, · सकेसम्म घरमै बस्नुहोस्, · अत्यावश्यक वस्तुको अधिक सञ्चय नगर्नु होस्, · हल्ला र अफवाहहरूबाट भ्रमित र प्रभावित नहुनुहोस्, · चिकित्सक, विज्ञ तथा प्राविधिकहरुको सल्लाहलाई पालना गर्नुहोस्, · धैर्यवान हुनुहोस् र संयमता अपनाउनु होस्, र · सावधान हुनुहोस् तर आतङ्कित नहुनुहोस् ।

रोगसँग लड्न प्रतिरक्षात्मक क्षमताको बुद्धि तपाईं हामिमा भएकाले मानसिक तनावबाट मुक्त रहौ । यस क्षणमा भारमा बस्नुउने सम्मपुर्ण नेपाली आमा बुवा दाजु भाइ दिदिबहिनीहरु प्रति हाम्रो संगठन प्रगतिशील नेपाली समाज भारतको भूमिका अझ बढी प्रभावकारी रहनु पर्ने अपेक्षा राख्दै भारतमा रहेका दर्जनौं नेपाली संघसंस्थालाई आपसी भाइचारा अभिवृद्धि गर्दै यस्तो घडीमा एकतापूर्वक कार्य गर्न आग्रह गर्दछु ।

प्रगतिशील नेपाली समाज भारत अध्यक्ष प्रकाश नेपाली ( मोबाइल न: 0 8851666647)


क्याटेगोरी : समाचार

तपाईको कमेन्ट लेख्नुहोस्