लकडाउन उल्लङ्घन गर्ने ७२ जना प्रहरी नियन्त्रणमा

झापा – कोरोना भाइरस (कोभिड -१९) को सम्भावित जोखिम हुन नदिन भएको लकडाउन उल्लङ्घन गर्ने मजदूरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लुकिछिपि भारत हिँडेका उनीहरुलाई स्थानीयको सहयोगमा प्रहरीले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएका मध्ये ३९ मेचीनगर, १८ भद्रपुर र १५ जना कनकाई नगरपालिकामा रहेका क्वारेन्टाइनमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए । विकास निर्माण तथा उद्योगको काम ठप्प भएपछि उनीहरु हिँडेरै भारत प्रवेश गर्न खोजेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्