नेपाली महिलाको गोवामा क्यान्सरबाट मृत्यु

गोवा – एक नेपाली महिलाको भारतको गोवामा क्यान्सरबाट मृत्यु भएको छ। रुकुम खलंगा निवासी वर्ष ५६ कि गिता कुमारी गौतमको यहि एप्रेल दुइ ताखिमा उपचारकै क्रममा मृत्यु भएको हाे ।
मृतक गिताका एक छोरा एक छोरी छन् । उनी केही महिना पहिला उपचारको लागि भारतको गोवामा गाउलेहरुको सम्पर्कमा गोवा पुगेकी थिइन् । उनका परिवारका सदस्यहरु छोरा विदेश र छोरी घरमै रहेकाले उनी एक्लै उपचारको लागि गोवा पुगेकी थिइन् ।
पछि उनीलाई गोवा कोलवा पुलिस टेसनले गोवा नेपाली समाजको सम्पर्कमा पुर्याएको थियो त्यसपछि गोवा नेपाली समाजका अध्यक्ष प्रकाश थापा पुनले उपाध्यक्ष सुरेन्द्र रोकाय कोषाध्यक्ष महेन्द्र पुन लालु बि कलगायतको टिमले रु १५,००० पन्द्रहजार आर्थिक संकलन गरि उनको उपचारमा सयोग पुर्याएका थिए उनको गोवाको मंगाव स्थित हस पिसिओ अस्पतालमा उपचार भइरहेको थियोे । उनको अन्तिम दाहसंस्कार पनि गोवा नेपाली समाजले गरेको छ ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्